२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ जम्मा ७ सिट जितेको छ । नेकपाले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पामा विजय हासिल गरेको हो ।
पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतका साथ विजयी भए । यस्तै नेता वर्षमान पुन रोल्पाबाट २७ हजार ४६०, सल्यानबाट रमेश कुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुँदा सिन्धुपाल्चोक २ बाट युवराज दुलालले २१ हजार ६९९ मत प्राप्त गरे ।
यसैगरी रुकुम पश्चिममा गोपाल शर्मा २१ हजार ६०९ मतका साथ विजयी हुँदा कालीकोटबाट महेन्द्र बहादुर शाही ११ हजार ७३९ मतका साथ विजयी भए । यस्तै डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मतका साथ विजयी भए । अब नेकपाको कुनै पनि क्षेत्रमा अग्रता छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij