Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

तेस्रो त्रैमाससम्ममा साधना लघुवित्तको नाफा ३६५.८५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

तेस्रो त्रैमाससम्ममा साधना लघुवित्तको नाफा ३६५.८५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 


  • 2.9K
    Shares

    तेस्रो त्रैमाससम्ममा साधना लघुवित्तको नाफा ३६५.८५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 
    images

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले  ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

    कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको देखिएको हो । 

    चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६५.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.९० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.९७ प्रतिशत बढेको छ।

    लघुवित्तको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ३।७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ। यद्यपि, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने २ करोड ५८ लाखबाट घटेर ७ लाख ३५ हजारमा सीमित भएको छ। 

    नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ रुपैयाँ ७७ पैसा बढेर २१ रुपैयाँ ३५ पैसा पुगेको छ। 

    चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८ पैसा रहेको छ।

    सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा रहेको छ।

    ३८ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। 

    चैत मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - ०७:५२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij