Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै


  • 897
    Shares

    • images
    वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं । वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना हुने फैसला सुनाएको थियो ।  

    त्यस्तै, विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई जनही ३ लाख ३३ हजार जरिवाना र कैद सजाय सुनाएको थियो ।
     
    २०७७ सालमा विशेष अदालतले घुस प्रकरणमा तीनै जनालाई भ्रष्टाचारी ठहर गरेपछि सो उपर सर्वोच्च अदालत पुगेका थिए ।

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ११:५२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij