Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

माछापुच्छ्रे बैंकले कमायाे १ अर्ब बढी नाफा, ईपीएसमा पनि सुधार

माछापुच्छ्रे बैंकले कमायाे १ अर्ब बढी नाफा, ईपीएसमा पनि सुधार


  • 400
    Shares

    माछापुच्छ्रे बैंकले कमायाे १ अर्ब बढी नाफा, ईपीएसमा पनि सुधार

    काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा २५.२५ प्रतिशतले बढेको छ।

    बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा घटेर १ अर्ब ४५ करोड ६८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ थियो । यस्तै खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशत बढेर ८२ करोड ७ लाख ९९ हजार रूपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशत बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ।

    यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ।

    चुक्तापुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ ।  बैंकको रिजर्भमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १३.६१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६१.६ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १२:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij