Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा साँझ ५ बजेभित्र सार्वजनिक हुने

राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा साँझ ५ बजेभित्र सार्वजनिक हुने


  • 400
    Shares

    राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा साँझ ५ बजेभित्र सार्वजनिक हुने

    काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ ५ बजेभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् । 

    रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ । 

    प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा कोशी प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेसमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडामा मतदान भइरहेको छ । 

    त्यसैगरी गण्डकीमा कास्कीको प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १२:१२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij