Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशन र राजनीतिक परिस्थितिका बारेमा छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशन र राजनीतिक परिस्थितिका बारेमा छलफल हुने


  • 8.7K
    Shares

    कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशन र  राजनीतिक परिस्थितिका बारेमा छलफल हुने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

    कांग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक परिस्थितिका बारेमा बैठकमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका रुपमा पूर्ववत् पार्टीमा फर्किएपछि नयाँ सत्तासमीकरणको चर्चा सुरु भएको छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिँदै आएको छ ।

    सभापति शेरबहादुर देउवा भने त्यसमा मौन देखिएका छन् । पौडेल पक्षका एक पदाधिकारीका अनुसार आजको बैठकमा पनि सरकारबारे सभापति देउवाको मौनताको विषयमा कुरा उठाउने तयारी छ ।

    हिजो बसेको पौडेल पक्षको बैठकले सरकारको विकल्प खोज्नुपर्ने र त्यसका लागि सभापति देउवाले अग्रसरता लिनुपर्ने निष्कर्ष निकालेको थियो ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - ११:४१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij