Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एक तमासले हौसिदै बोलिरहेका बामदेवलाई ओलीले एकै सटमा झ्याप्पै रोकेपछि...

एक तमासले हौसिदै बोलिरहेका बामदेवलाई ओलीले एकै सटमा झ्याप्पै रोकेपछि...


  • 7.6K
    Shares

    एक तमासले हौसिदै बोलिरहेका बामदेवलाई ओलीले एकै सटमा झ्याप्पै रोकेपछि...
    images

    काठमाडौँ । नेकपा एमालेको हिजो शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रभावशाली नेता बामदेव गौतम पुगेपछि तरंग नै आयो । धेरैले गौतमले कित्ता स्पष्ट पारेको अनुमान गरे । एमाले विवाद समाधानको सुत्र लिएर बालुवाटारमा पुगेका गौतम अध्यक्ष केपी शर्मा ओलीको गुटमा त गएनन् ? धेरैले अनुमान गरे ।

    समानुपातिकतर्फको सांसद रहेकी गौतमपत्नी तुलसा थापा यसअघि नै ओली समूहको बैठकमा गएकी थिइन् । यसकारण पनि गौतमले कित्ताकाट गरेको अनुमानहरु भए । तर, बालुवाटार बैठकमा तीतो मन लिएर गौतम फर्किए ।

    संसदीय दलको बैठकमा गौतमले बोल्दा एकताको विषयमा जोड दिए । उनले ओलीलाई पूर्व निर्णयहरु सच्याएर बढ्न भने । एमालेमा एकतावद्ध भएर जाने विषय देखि कम्युनिस्ट एकताको विषयमा गौतमले बोल्न थाले । खरो बोल्दै गरेका गौतमलाई प्रधानमन्त्री ओलीले रोक्न खोजे । उनले समयको विषय निकाल्दा अब भयो भनेर गौतम बोल्दा बोल्दै हस्तक्षेप गर्न खोजे । त्यसबाट गौतम रुष्ट भएर धन्यवाद भनेर निस्किएका थिए ।

    संसदीय दलको बैठकमा बोल्ने क्रममा गौतमले आफूलाई ह्वीप नलाग्ने समेत बताए । राष्ट्रिय सभाका सांसद गौतम मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित सांसद हुन् । उनले यसकारण पनि ह्वीप नलाग्ने तर्क गरे । ओलीको कार्यशैलीप्रति खरो रुपमा बोल्ने कोही नभएको बैठकमा उनी कडा रुपमा प्रस्तुत भएपछि बीचैमा हस्तक्षेप गरी रोक्न खोजिए । त्यसबाट गौतम रुष्ट भई बालुवाटारबाट निस्किएका थिए । उनी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएनन् ।

    यसैगरी, गौतमले आफूले ओलीसँग आत्मसमर्पण नगरेको स्पष्ट पारेका छन् । उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा यसबारे उल्लेख गरेका छन् ।

    विश्वस्त स्रोतका अनुसार गौतम ओलीप्रति निकै असन्तुष्ट भएका छन् । एमालेलाई दुर्घटनामा लान खोजेको भन्दै जतिसक्दो कडा कदम चालेर बढ्नेबारे छलफल चलाएका छन् ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १४:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij