२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । बिबाद्कै बीच नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बिहिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
तर, संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने उद्घोष गरेका छन् ।
माधव पक्षको भेलाकै बीचमा बैठक बोलाएर प्रधानमन्त्री ओलीले सांसदको परिक्षा लिन लागेका हुन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij