Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रवि उपप्रधानसहित गृह, राष्ट्रियसभा अध्यक्ष एमालेलाई सम्भावना कति?

रवि उपप्रधानसहित गृह, राष्ट्रियसभा अध्यक्ष एमालेलाई सम्भावना कति?


  • 4.2K
    Shares

    रवि उपप्रधानसहित गृह, राष्ट्रियसभा अध्यक्ष एमालेलाई सम्भावना कति?

    काठमाडौँ । सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच अविश्वास र तिक्तता गहिरिँदै जाँदा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता गठबन्धनको सम्भावना ह्वात्तै बढेर गएको छ।

    जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा तीन घन्टा लामो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव बर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादवबीच नयाँ सत्ता गठबन्धनका आधारभूत विषयमा लगभग सहमति भएको स्रोतले दाबी गरेको छ। नयाँ गठबन्धनमा भएको सहमतिअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्रीको पोर्टफोलियोमा सत्तामा प्रवेश गर्नेछन् भने प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन्। त्यस्तै, नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउनेछ। ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका असहमति रहेका बुँदामा पनि सहमति जनाउने निश्चित भएको छ।

    ओलीले संक्रमणकालीन न्यायका असहमति रहेका बुँदामा सहमति जनाएसँगै यससम्बन्धी विधेयक अनुमोदनका लागि सोमबार कानुन समितिको बैठक बस्ने भएको छ। यादवको घरमा तीन घन्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड र ओलीसँग एमाले उपाध्यक्ष बिष्णु पौडेल र माओवादी उपमहासचिव बर्षमान पुनले फेरि छलफल गरेका छन्।

    प्रकाशित मिति :फाल्गुण २१ २०८० सोमवार - ०९:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij