Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

२५ दिनपछि खुल्यो त्रिविमा लगाएको ताला

२५ दिनपछि खुल्यो त्रिविमा लगाएको ताला


  • 995
    Shares

    • images
    २५ दिनपछि खुल्यो त्रिविमा लगाएको ताला

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी २५ दिनपछि खोलिएको छ। अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले लगाएको ताला त्रिविले आज प्रहरी प्रशासनको सहयोगमा खोलेको हो। 

    विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालयमा लागेको ताला खोलेको बताएका छन्।  अर्यालले भने, ‘ताला खोल्न आज बिहान ८ बजेसम्म अल्टिमेटम दिएका थियौँ। उहाँहरूले ताला नखोलेपछि हामी आफैले आफनो कार्यकक्षको ताला खोलेका छौँ,’। 

    क्रान्तिकारीले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन गरी चार वटा केन्द्रीय विभागले लिँदै आएको शुल्क घटाउन माग राखेर तालाबन्दी गरेको थियो। 

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १६:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij