Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संसदका दुवै सदनको बैठक बस्दै, के छ सम्भावित कार्यसूची?

संसदका दुवै सदनको बैठक बस्दै, के छ सम्भावित कार्यसूची?


  • 2.1K
    Shares

    संसदका दुवै सदनको बैठक बस्दै, के छ सम्भावित कार्यसूची?

    काठमाडौँ । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (सोमबार) बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ। 

    आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवदेन २०७९/८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

    त्यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ। 

    त्यसैगरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस्’ भनी सभा समक्ष प्रस्ताव पेस गर्ने कार्यसूचीसमेत रहेको पाण्डेले बताए। 

    त्यसैगरी आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव वाहेक) छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची पनि तय भएको छ। 

    प्रकाशित मिति :फाल्गुण २१ २०८० सोमवार - ०८:३६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij