Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता


  • 2.9K
    Shares

    बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)बारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

    आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले दुई नेतासँग छुट्टाछुट्टै छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  ‘टीआरसी विधेयकका बारेमा प्रधानमन्त्रीज्युले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक हुनुहुन्छ ।’

    उक्त विधेयक संसद्को कानुन समितिमा छ । समितिबाट सहमतिमै विधेयक अघि बढाउने पक्षमा प्रधानमन्त्री छन् । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले दुई दलका नेतासँग कुराकानी गरेका हुन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै चार बुँदामा असहमति जनाएको थियो । तर पछिल्लो समय एमाले आफ्नो अडानप्रति केही लचक हुने संकेत देखिएको नेताहरूको भनाई छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०८० आइतवार - १२:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij