Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपनिर्वाचनका लागि मतदाता नामावली फागुन २८ गते प्रकाशन गर्ने

उपनिर्वाचनका लागि मतदाता नामावली फागुन २८ गते प्रकाशन गर्ने


  • 2.3K
    Shares

    उपनिर्वाचनका लागि मतदाता नामावली फागुन २८ गते प्रकाशन गर्ने

    काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।

    आयोगले फागुन २८ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

    उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन आयोगले भनेको छ । सोका लागि फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।

    उक्त अवधिमा अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने बताइएको छ । 

    अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

    1.JPG

    प्रकाशित मिति :फाल्गुण १७ २०८० बिहिवार - ०९:५९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij