Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माधव नेपाललाई लक्षित गर्दै ओलीको टिप्पणी– संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? 

माधव नेपाललाई लक्षित गर्दै ओलीको टिप्पणी– संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? 


  • 2.8K
    Shares

    माधव नेपाललाई लक्षित गर्दै ओलीको टिप्पणी– संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? 

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् । 

    बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले माधव नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरुले तालि बजाएकोमा आफूलाई अचम्म लागेको पनि बताए । 

    संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनि अध्यक्ष ओलीले प्रश्न समेत गरे । उनले संविधान, कानून कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था बिरोधि अराजक गतिविधि बढिरहेको जिकिर समेत गरे । त्यस अवसरमा अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने समेत दोहोर्याए । एमालेले, २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने उनको दाबी थियो ।

    अध्यक्ष ओलीले एमालेलाई ठूलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरुको कुनैपनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दाबी समेत गरे । उनले वर्तमान सरकार र सत्तारुढ गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको आरोप समेत लगाए । 

    – न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :फाल्गुण १७ २०८० बिहिवार - ०७:५९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij