Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तीन पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिलाई टेरपुच्छर लाएनन्, सर्वदलीय बैठकमा पुग्नेको यस्तो छ लिस्ट 

तीन पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिलाई टेरपुच्छर लाएनन्, सर्वदलीय बैठकमा पुग्नेको यस्तो छ लिस्ट 


  • 12.3K
    Shares

    तीन पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिलाई टेरपुच्छर लाएनन्, सर्वदलीय बैठकमा पुग्नेको यस्तो छ लिस्ट 

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आब्हानमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरू सहभागी छन् । 

    सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने बैठकमा सहभागी भएका छैनन् । उनीहरूलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति कार्यालयले बोलाएको थियो । बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ गएनन् । 

    बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, जनता समाजवादी पार्टी, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन् ।

    राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएकी हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा सर्वदलीय बैठकको आवश्यकता नदेख्‍ने अहिले प्रधानमन्त्रीलाई अफ्टेरो पर्दा बोलाउने भनेर राष्ट्रपतिको आलोचना भइरहेको छ । 

    बैठकमा उपस्थित भएका नेताहरू
    नेकपा एमाले

    केपी शर्मा ओली
    ईश्वर पोखरेल
    सुवास नेम्वाङ

    विष्णु पौडेल
    रामबहादुर थापा

    नेपाली कांग्रेस

    शेरबहादुर देउवा
    रामचन्द्र पौडेल
    विमलेन्द्र निधी
    शशांक कोइाराला

    नेकपा माओवादी केन्द्र

    पुष्पकम दाहाल ‘प्रचण्ड’
    नारायणकाजी श्रेष्ठ
    देव गुरुङ

    जसपा
    महन्थ ठाकुर
    उपेन्द्र यादव
    राजेन्द्र महतो

    राष्ट्रिय जनमोर्चा
    चित्रबहादुर केसी

    राप्रपा
    प्रकाशचन्द्र लोहनी

    नेमकिपा
    प्रेम सुवाल

    मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

     

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १६:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij