२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताएका छन् ।
सोमबार समाजवादी ईन्जिनियरिङ्ग एशोसिएशन नेपाल, मधेसले आयोजना गरेको कार्यक्रमलाई जनकपुर धाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि देश विकासको खाका बनाउन पटकपटक आग्रह गरेको बताए ।
उनले सबै बुद्धिजीवि, अनुभव प्राप्त व्यक्तिहरुसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले देशभरका सडकहरु खाल्डाखुल्डी रहित हुनुपर्ने बताए । उनले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताए ।
अध्यक्ष नेपालले सडक तथा हवाई मार्ग निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन गर्नु उचित नरहेको टिप्पणी गरे । गुणस्तरहिन सडक बनाएर राज्यको ढुकुटीको दोहन गर्ने ठेकेदारलाई कारबाही हुनुपर्नेमा समेत जोड दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij