Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?


  • 610
    Shares

    सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

    काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ लाख ३६ जनाले आवेदन दिएका थिए ।

    जसमध्ये २४ लाख ७१ हजार ७ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ८ लाख २० हजार जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन् । अन्य आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ ।

    कम्पनीले ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।

    आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/,  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङको वेबसाइट https://nabilinvest.com.np / र मेरो सेयरको https://meroshare.cdsc.com.np/#/login  बाट हेर्न सकिन्छ ।

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १६:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij