Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले केन्द्रीय कमिटी बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत, नौ समूहमा छलफल हुँदै

एमाले केन्द्रीय कमिटी बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत, नौ समूहमा छलफल हुँदै


  • 2.4K
    Shares

    एमाले केन्द्रीय कमिटी बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत, नौ समूहमा छलफल हुँदै

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् । 

    बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रश्तुत गरेका हुन् । 

    त्यस्तै, पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रश्तुत गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

    उनले खाकासम्बन्धी प्रश्तुत गरिएका कार्ययोजना र प्रश्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताए । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको बताए । 

    उनले  छलफलपछि आएका निस्कर्षलाई केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताए । 

    प्रकाशित मिति :फाल्गुण ९ २०८० बुधवार - ०८:२८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij