Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सुरु भयो कांग्रेसको महासमिति बैठक

सुरु भयो कांग्रेसको महासमिति बैठक


  • 2.8K
    Shares

    सुरु भयो कांग्रेसको महासमिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ ।

    बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।

    यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    बैठकमा दुई हजार बढी प्रतिनिधिहरु सहभागी छन् ।

    congress1.JPG

    congress.JPG

    प्रकाशित मिति :फाल्गुण ७ २०८० सोमवार - १५:०२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij