Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काँग्रेसले तोक्यो विषयगत समितिको संयोजक

काँग्रेसले तोक्यो विषयगत समितिको संयोजक


  • 2.5K
    Shares

    काँग्रेसले तोक्यो विषयगत समितिको संयोजक

    काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । आज बसेको दलको बैठकले समितिको संयोजक तोकेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

    उनका अनुसार अर्थ समिति संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला शर्मा पौडेल, कानून न्याय तथा मानव अधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिलामा आशा विकलाई संयोजक तोकेको छ ।

    यस्तै राज्य व्यवस्था सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको छ ।

    उनले संसदीय दलको कार्यसमितिको निर्वाचन चाँडै गर्ने निष्कर्षमा पुगेको बताए । केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न आग्रह गरेको बताए ।

    प्रकाशित मिति :माघ १९ २०८० शुक्रवार - १७:२१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij