Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जसपा फुटाउन चिनियाँ राजदूतको दौडधुप शुरु, उपेन्द्र यादव यसरी बन्दैछन् ‘गोटी’

जसपा फुटाउन चिनियाँ राजदूतको दौडधुप शुरु, उपेन्द्र यादव यसरी बन्दैछन् ‘गोटी’


  • 13.3K
    Shares

    जसपा फुटाउन चिनियाँ राजदूतको दौडधुप शुरु, उपेन्द्र यादव यसरी बन्दैछन् ‘गोटी’
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आगामी सत्ता समीकरणका लागि निर्णायक बनेको छ । एकातिर नेकपा एमाले र अर्कोतिर माओवादी केन्द्रको तानातानमा जसपा छ । महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओलीको एमालेलाई साथ दिने पक्षमा छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाएर सत्तामा जानुपर्ने हिसाबमा क्रियाशील भएका छन् ।

    जसपामा सत्ता समिकरणका लागि द्वन्द उत्पन्न भएका बेला छिमेकी चीनले पनि खेल्न थालेको छ । जसपाका एक उच्च नेताका अनुसार जसपा फुटाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । राजदूत होउ यान्छीले प्रचण्डतिर समर्थनमा रहेका उपेन्द्र यादवलाई पार्टी फुटाउने जिम्मा दिएकी छन् ।

    रेशम चौधरीलाई रिहा गर्न तयार भएका प्रधानमन्त्री केपी ओली र रिहालाई मुख्य मुद्दा मानेर ओलीसँग सहमतिको नजिक पुगिसकेका महन्थ ठाकुर र राजेन्द्र महतो बिरुद्ध उपेन्द्र यादवको सक्रियता त्यसै भएको होइन् । यादबले रेशमको रिहाई रोक्न, ओलीसँगको सहमति भाड्न र आबश्यक परे जनता समाजवादी पार्टीलाई विभाजन गर्न समेतका गतिबिधिहरुको लागि चिनियाँ दूतावासबाट करिब ८ करोड रुपैयाँ लिएको बुझिएको छन् । यो पैसा सांसदहरुलाई आफूतिर मिलाउन तान्नका लागि भएको बुझिएको छ । 

    हप्तैपिच्छे चिनियाँ राजदूत यान्छीसँगको भेटवार्तामा यादवले ओली बिरुद्ध माहोल बनाउनुका साथै छिट्टै ओलीलाई पदच्यूत गर्ने तथा महतो र ठाकुरको सक्रियतामा मधेसका मुद्दा सम्बोधन हुन नदिने भन्दै आश्वस्त पार्दै आएका छन् ।

    प्रधानमन्त्री ओलीको नेतृत्व र ठाकुर र महतोको सक्रियतामा मधेस मुद्दा सम्बोधन भई रेशम चौधरी रिहा हुँदा आफ्नो राजनीति नै सिद्धिने डरले यादव प्रचण्ड माधव समूह र चिनियाँहरुको शरणमा पुगेका हुन् ।

    यसअघि पनि संसद विघटनपछि मधेसमा आन्दोलन चर्काउन उपेन्द्रलाई चीनबाट लाखौं पैसा आएको थियो । साथै प्रचण्डको नेतृत्वको सरकारमा गृहमन्त्रीको आश्वासन दिइएको थियो ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १९:४५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij