२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाली कांग्रेसले नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ९८ जनालाई मनोनीत गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गरेर शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको ९८ सदस्य सदस्यीय केन्द्रीय कार्यसमिति मनोनीत भएको जानकारी दिएका हुन्।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij