२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राजनीतिक निकासका लागि अविलम्ब निष्कर्षमा पुग्न नेतृत्वलाई दबाब दिने उद्देश्यले जनता समाजवादी पार्टी (जसपा)का १२ सांसद भेला हुँदैछन् । संसदीय दलको कार्यालय सिंहदरबारमा भेला गरेर निकासका लागि दबाब दिन लागिएको सांसद प्रमोद साहले जानकारी दिए ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग कार्यदल गठन गरेर वार्ता भइरहेको समयमा नेतृत्वले निकासका लागि ढिला गर्न नहुने उनीहरूको भनाइ छ ।
उमाशंकर अरगरिया, प्रमोद साह, मोहम्मद इस्तियाक राई, रामबाबु कुमार यादव, नरमाया ढकाल, प्रदीप यादव, रानी मण्डल, राजदुलारी खत्वे, एकवाल अहमद, रुहिनाज खातुन, अमृता अग्रहरि र चन्द्रकान्ता चौधरी छन् ।
दुवै पक्षसँग भएको वार्ताबारे जानकारी गराएर एउटा निष्कर्षमा पुग्न दबाब दिइने सांसद साहले जानकारी दिए ।
यसैबीच, सरकारसँग सहमति खोज्न गठित कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले रेशम चौधरीको रिहाइ लगायतका विषयमा सरकारले तयारी थालिसकेको सांसदहरूलाई ब्रिफिङ गरेका छन् ।
संसदीय दलमा उपस्थित सांसदहरूलाई नेता कर्णले सरकार पक्षले आफ्नो काम शुरू गरेपनि पार्टीका तर्फबाट निर्णयमा ढिलाई भएको बताएका एक सांसदले बताए ।
सहमतिको खाका बनाउन जसपाबाट कर्णसहित दुईजना तथा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलसहित तीनजनाको कार्यदल बनेको छ । कार्यदलले विभिन्न चरणमा छलफल समेत गरिसकेको छ । ती सबै साम्सदको ओली संग राम्रो हिमचिम छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij