Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी दुई कम्पनीको शेयरमूल्य भयो समायोजन, ३० दिन भित्र आईपीओ जारी गर्ने यस्ता छन् दर्जन कम्पनी 

यी दुई कम्पनीको शेयरमूल्य भयो समायोजन, ३० दिन भित्र आईपीओ जारी गर्ने यस्ता छन् दर्जन कम्पनी 


  • 15.1K
    Shares

    यी दुई कम्पनीको शेयरमूल्य भयो समायोजन, ३० दिन भित्र आईपीओ जारी गर्ने यस्ता छन् दर्जन कम्पनी 
    images

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको हो।

    साधारण सभा प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

    नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) को १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार १४५ रुपैयाँ कायम भएको छ।

    त्यसैगरी, नेप्सेले सिर्जना फाइनान्स लिमिटेड (SFFIL) को १३.५९ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य १८५ रुपैयाँ निर्धारण गरिएको छ।

    यी दुबै कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो। फागुन २६ गते बुधबार महिला लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने सिर्जना फाइनान्सको २१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    सिर्जना फाइनान्सले १३।३९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते २० औँ वार्षिक साधारण सभा डाकेको छ।

    त्यसैगरी, चैत १८ गते आठौँ वार्षिक साधारण सभा डाकेको महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत लाभांश सुरक्षित गर्न पनि आजसम्म शेयरधनी बन्नु पर्नेछ।

    प्राथमिक सेयर जारी गर्नका लागि पाइपलाइनमा हाल १३ वटा कम्पनी छन् । जसमध्ये फागुन महिनामा मात्रै ४ वटा कम्पनी पाइपलाइनमा थपिएका छन् ।

    नेपाल धितोपत्र बोर्डका अनुसार बोर्डको अण्डर प्रिलिमिनरी रिभ्यू अन्तर्गत ६ वटा कम्पनी छन् । जसमध्ये साहास उर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बौद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेड कम्पनी छन् ।

    साहास उर्जा लिमिटेडले १ करोड ५ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीयबासी र सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ । त्यसैगरी सामलिङ पावर कम्पनीले पनि प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ । कम्पनीले १२ लाख ३० हजार कित्ता आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । त्यसैगरी बौद्धभूमिक नेपाल हाइड्रो नेपाल पावर कम्पनी लिमिटेडले पनि प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी १२ लाख कित्ता सेयर आइपीओ जारी गर्ने पाइपलाइनमा छ ।

    आइपीओ जारी गर्ने पाइपलाइनमा रहेको अर्को कम्पनी हो मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था । कम्पनीले सर्वसाधारणमा ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । त्यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १ लाख ९७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । त्यसका साथै सयत्री हाइड्रोपावर लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ९ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।

    बोर्डले रिभ्यूड एन्ड कमेन्ट सेन्ड सेक्सनमा २ वटा कम्पनीलाई राखेको छ । जसमध्ये हिमालयन हाइड्रोपावर लिमिटेड कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर आइपीओका लागि बोर्डको पाइपलाइनमा छ । त्यसैगरी अर्को कम्पनी डिस होम मिडिया नेटवर्क छ । कम्पनीले सर्वसाधारणका लागि २३ लाख ८५ हजार ९२९ कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डको पाइपलाइनमा छ ।

    बोर्डको रिप्लाइड एण्ड अण्डर रिभ्यू सेक्सन अन्तर्गत मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता, मध्य भोटेकोसी जलविद्युत् कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि १ करोड ५० लाख कित्ता सेयर, न्यादी हाइड्रोपावर लिमिेटले स्थानीय र सर्वसाधरणका लागि ४० लाख ५० हजार कित्ता, सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता र विन्दबासिनी हाइड्रोपावर डेभलपेण्ट कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि २५ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डको पाइपलाइनमा छन् ।

    160721382_473632523770183_1067454535498431994_n.jpg

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १२:५७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij