२०८२ फाल्गुण २५ गते सोमवार
काठमाडौं । सेयरबजार तेस्रो पटक पनि सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ। नेप्से सूचक ६ प्रतिशतको वृद्धि भएसँगै कारोबार बन्द गरिएको हो।
चुनावपछिको पहिलो कारोबारमा बजारमा लगातार तेस्रो पटकसम्म सर्किट लागेको हो। कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको थियो।
त्यसपछि पुन ११ बजेर २१ मिनेटमा पुन ५ प्रतिशतले नेप्से बढेर बजारमा दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किटपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो।
पुन: तेस्रो पटक १२ बजेर १ मिनेटमा खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट लागेर बन्द भएको हो। यो अवधिमा ५१ करोडको मात्रै कारोबार भएको छ भने २५२ वटाको मूल्य बढेको छ।
फागुन २१ गतेको निर्वाचन पछि देशैभर पुराना दल विस्थापित हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।
यसअघि पनि बालेन प्रधानमन्त्री बन्ने चर्चाले नै बजारलाई बढाउन सहयोग पुगेको थियो। निर्वाचनपछि उनी प्रधानमन्त्री बन्ने सम्भावना बढेसँगै त्यसको सकारात्मक प्रतिक्रिया बजारले देखाएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij