२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो दलले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले आफ्नो दल कसैको पुच्छर नभएको उल्लेख गर्दै देशको नेतृत्व गर्ने दाबी गरेका हुन् । घुमाएर उनले आफै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् ।
गएराति ट्वीट गर्दै भट्टराईले जसपाको भूमिकाबारे तीन बुँदामा देशको नेतृत्व गर्ने शक्ति भएको उल्लेख गरेका छन् । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध जसपाले कसैसँग सम्झौता नगर्ने र सत्तारुपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी नभएको समेत उल्लेख गरेका छन् ।
जसपाले सरकारको नेतृत्वको दाबी गरिरहँदा भट्टराईको पछिल्लो भनाई आएको हो । संसदमा चौंथो ठुलो शक्ति बनेको जसपा सरकार निर्माणमा निर्णायक अवस्थामा छ । जसपा तानातानमा भइरहँदा उसले आफै नेतृत्वको दाबी गरेको छ ।
डा. भट्टराईले ट्वीटरमा लेखेका छन्ः जसपाबारे जान्नैपर्ने कुरास्१।यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैनसबरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो १२। गणतन्त्र,।
संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैनस३।यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij