२०८२ माघ ८ गते बिहिवार
बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खान र फिटनेस ट्रेनर नुपुर शिखरे बुधबार विवाह बन्धनमा बाँधिदै छन्।
दुवैले आज अदालती विवाह गर्दै छन्। त्यसपछि साँझ करिब ६ः३० बजे नुपुर विवाहको जुलुससहित ताज ल्यान्ड्स एन्ड पुग्नेछन्।
यसअघि मंगलबार प्रि–विवाह समारोह र अनुष्ठान गरिएको थियो। हल्दी समारोहमा आमिरका पूर्वपत्नी रीना दत्त र किरण राव सँगै देखिएका थिए। दुवैजना नौवारी सारी (महाराष्ट्रियन साडी) मा देखिएकी थिइन्।
नुपुरले सामाजिक सञ्जालमा अनुष्ठानका केही तस्बिर सेयर गरेका छन्। जसमा दुवैले परम्परागत पहिरन लगाएका छन्। उनीहरू एकअर्कालाई खुवाउँदै गरेका देखिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij