२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना गरिएको हो ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.२८ प्रतिशत हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.२५ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १३ लाख ४८ हजार ७९९ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा एमालेको ११ लाख ४२ हजार ३८१ मत छ जुन १३.७६ प्रतिशत हो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.०८ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ८७ हजार २३० मत छ ।
श्रम संस्कृति पार्टीले ३.४९ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ८९ हजार ९६१ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७४ हजार ९९१ मत पाएको छ । यो कूल सदर मतको ३.३१ प्रतिशत हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij