Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?


  • 407
    Shares

    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य  घटेको छ भने चाँदी स्थिर रहेको छ। 

    आइतबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य  आज प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य स्थिर छ।

    आइतबार प्रतितोला पाँच हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतितोला पाँच हजार ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ११:२३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij