२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
बैठकले विधान पारित गर्ने सम्भावना रहेको उनले बताए । केही दिनअघि बसेको बैठकमा विधान बाँडिएको थियो । बैठकले आजै संसदीय दलको नेता पनि चुन्न सक्ने सम्भावना रहेको उनले बताए ।
“अघिल्लो बैठकमा विधान अध्ययनका लागि बाँडिएको थियो । आज विधान पारित हुन्छ होला । सम्भवतः आजै संसदीय दलको नेता पनि छानिन सक्नुहुन्छ,” राईले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij