Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अब हायर पर्चेज कम्पनीले जरिवाना २ प्रतिशत बिन्दुभन्दा बढी लिन नपाउने,  अनिवार्य प्यान नम्बर हुनुपर्ने

अब हायर पर्चेज कम्पनीले जरिवाना २ प्रतिशत बिन्दुभन्दा बढी लिन नपाउने,  अनिवार्य प्यान नम्बर हुनुपर्ने


  • 2.0K
    Shares

    अब हायर पर्चेज कम्पनीले जरिवाना २ प्रतिशत बिन्दुभन्दा बढी लिन नपाउने,  अनिवार्य प्यान नम्बर हुनुपर्ने

    काठमाडौँ । अबदेखि हायरपर्चेज कम्पनीबाट ऋण लिने व्यक्ति तथा संस्थालाई अनिवार्यरुपमा स्थायी लेखा नम्बर चाहिने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रकृयागत व्यवस्था संशोधन गर्दै स्थायी लेखा नम्बर अनिवार्य गरेको हो।

    संस्थागत रुपमा ऋण लिएमा जुनसुकै ऋण रकमलाई स्थायी लेखा नम्बर चाहिन्छ। व्यक्तिगतका हकमा भने २५ लाख रुपैयाँभन्दा माथिको ऋणमा मात्र अनिवार्य गरिएको छ। राष्ट्र बैंकले हायर पर्चेज कम्पनीहरुको नाममा पनि नयाँ नीतिगत व्यवस्था गरेको छ। यसअघि कम्पनीको नाम मात्र लेखे हुनेमा अबदेखि हायर प्रर्चेज प्रालि वा लिमिटेड भनेर अनिवार्य रुपमा लेख्नु पर्ने छ।

    नाम मात्र लेख्दा कस्तो खालको कम्पनी भनेर द्विविधा हुने भएकाले हायर पर्चेज भनेर लेख्नै पर्ने व्यवस्था गरिएको हो। यस्ता कम्पनीको प्रमुख कार्यकारीको योग्यता पनि तोकिएको छ। अब कम्तिमा स्नातक उत्तिर्ण व्यक्ति मात्र प्रमुख कार्यकारी हुन पाउने छ।

    राष्ट्र बैंकले पेनाल ब्याजमा पनि सीमा तोकेको छ। अबदेखि ऋणको भाका अवधि नाघेमा २ प्रतिशत बिन्दुभन्दा बढी जरिवाना लिन पाइने छैन। यसअघि यस्तो जरिवानामा मनोमानी थियो। हायर पर्चेज कम्पनीले गाडी तथा बाइकको ऋण प्रवाह गर्दै आएका छन्।

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - ०७:५१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij