Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा


  • 932
    Shares

    • images
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ४८ हजार ८५३ कित्ता शेयर बिक्रीमा राखिएको हो।

    उक्त शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ। 

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १०:२४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij