Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रिलायबल भेञ्चरको वार्षिक साधारण सभा मङ्सिर २७ गते, यी प्रस्ताव पारित गरिने

रिलायबल भेञ्चरको वार्षिक साधारण सभा मङ्सिर २७ गते, यी प्रस्ताव पारित गरिने


  • 2.7K
    Shares

    रिलायबल भेञ्चरको वार्षिक साधारण सभा मङ्सिर २७ गते, यी प्रस्ताव पारित गरिने

    काठमाडौँ । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा मङ्सिर २७ गते गर्ने भएको छ । 

    सभा काठमाडौँको धुम्बाराहीस्थित अकामा होटलमा उक्त दिन अपराह्न ४ बजे शुरु हुने कम्पनीले जनाएको छ । 

    कम्पनीले अनलाइन माध्यमबाट पनि साधारण सभामा भाग लिन सक्ने व्यवस्था रहेको जानकारी दिएको छ । 

    सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष ९आव०को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा (२) र नियमावलीको दफा (२) मा कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रकाशित मिति :मंसिर ७ २०८० बिहिवार - ०८:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij