२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । कोरियाली भाषा परीक्षा (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवा युवतीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij