२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
दुर्घटनामा परेर एक जना घाइते भएका छन् भने घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।
ठक्करपछि मोटरसाइकलमा आगो समेत लागेको थियो, जसलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij