Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

यी पूर्वएमाले नेताहरुले माधव नेपाल सहित आफुहरु जोगिन गरे यस्तो समीक्षा

यी पूर्वएमाले नेताहरुले माधव नेपाल सहित आफुहरु जोगिन गरे यस्तो समीक्षा


  • 9.5K
    Shares

    यी पूर्वएमाले नेताहरुले माधव नेपाल सहित आफुहरु जोगिन गरे यस्तो समीक्षा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य रहेका माधवकुमार नेपाल पक्षका नेताहरु सोमबार दिउँसो बसेको बैठकले अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले अनौपचारिक छलफल गरेका छन् । 

    ‘अदालतको फैसला आएपछिको परिस्थितिबारेमा वृहत्तर विषयमा समग्र परिस्थितिबारे छलफल गरेका हौं, कुनै एउटा खास विषय वा एजेन्डाकेन्द्रित छलफल होइन,’ स्थायी समिति सदस्य घनश्याम भुसालले  भने ।

    उनले तत्कालीन नेकपा–एमाले र माओवादी केन्द्रबीच एकता गर्दा जनताबाट जुन असाधारण विश्वास व्यक्त भएको थियो, त्यसपछि कहाँनेर चुकियो र यो एकता भत्किन गयो भन्नेबारे समग्र समीक्षा गरिएको बताए ।

    ‘आन्तरिक लोकतन्त्र कसरी कमजोर भयो, त्यसमा को जिम्मेवार थियो, जनताले जसरी मत दिएका थिए त्यसप्रति हाम्रो दायित्व के हो, त्यो मतको महत्व के होरु भन्ने जस्ता आधारभूत विषयमा हामीले समीक्षा गर्‍यौं,’ उनले भने, ‘तर, कुनै विशेष निष्कर्ष वा निर्णय गरिएको छैन ।’

    उनीहरुले अब कसरी जाने भन्नेबारे थप छलफल गर्दै जाने बताएका छन् । माधवकुमार नेपाल पक्षका झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, राजेन्द्र पाण्डे, रघुजी पन्त, वेदुराम भुसाल लगायत नेकपाको स्थायी समिति सदस्य थिए ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १६:१७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij