२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्। उनी भर्खरै काठमाडौं प्रवेश गरेको बताइएको छ।
शुक्रबार बिहान मात्रै नवलपरासीदेखि काठमाडौंका लागि प्रस्थान गरेका उनी सिधै बालुवाटार पुगेका हुन् । विप्लव पक्षका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सदस्य उदयबहादुर चलाउने ‘दीपक’ पनि बालुवाटारमै भएकाले विप्लव समेत त्यहीँ पुगेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई समेत बालुवाटारमै भएको ती सदस्यले बताए। दुवै तर्फका बार्ता टोलीका सदस्य सहित प्रधानमन्त्री ओली संगै विप्लबले खाना खाने श्रोतको भनाइ छ। विप्लबलाई मेजमान गर्न कन्जुस्याई नगर्दा प्रधानमन्त्रीको सचिवालयले किचनलाई बिहानै निर्देशन दिएको श्रोतको भनाई छ।
दिउँसो २ बजे ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएकाले वार्ता टोलीका सदस्यहरु छलफलका लागि बालुवाटार गएका हुन्। आजको सम्बोधनलाई महत्वका साथ हेरिएकाले तयारीका लगि विप्लव पनि त्यहाँ पुग्ने आकलन गरिएको छ।
राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुअघि विप्लव शुक्रबार बिहान पूर्वनवलपरासीको अमरापुरीमा सार्वजनिक भएका थिए। अमरापुरीमा सहिद परिवारलाई भेटेर विप्लव काठमाडौं लागेका हुन। उनलाई चितवनदेखि भने प्रहरीले स्कर्टिङ गरेर काठमाडौं पुर्याएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij