Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै प्रचण्ड-माधव र राजपाले यसरी ल्याउँदैछन् अविश्वासको प्रस्ताब

देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै प्रचण्ड-माधव र राजपाले यसरी ल्याउँदैछन् अविश्वासको प्रस्ताब


  • 11.1K
    Shares

    देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै प्रचण्ड-माधव र राजपाले यसरी ल्याउँदैछन् अविश्वासको प्रस्ताब

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरी नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यमा तीन दल जुटेका छन्। पुस ५ मा प्रचण्ड-माधव पक्षले ल्याएको अविश्वासको प्रस्तावलाई परिमार्जन गरी देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न लागिएको हो।

    प्रचण्ड-माधव नेकपा,कांग्रेस र जनता समाजवादीको तर्फबाट संयुक्त प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ। प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देउवालाई प्रधानमन्त्री बनाउने गरी नयाँ अविश्वासको प्रस्ताव संयुक्त रुपमा दर्ता हुने संकेत गरे। नेता पौडेलले भने, ‘अन्तिम निर्णय त भइसकेको छैन। कांग्रेस सभापतिलाई प्रधानमन्त्री प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना बढी छ।’

    प्रचण्ड-माधव पक्षले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न मञ्जुर भएसँगै पार्टीको आन्तरिक छलफलमा देउवा जुटेका छन्। पार्टीका शीर्ष नेताबीच छलफल गर्न पदाधिकारी बैठक देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका छन्। कांग्रेसले सरकारको नेतृत्व प्राप्त गरे सत्तामा जाने देउवाले यसअघि बताइसकेका छन्।

    चितवनमा बुधबार भएको कार्यक्रममा देउवाले आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदा हुने दाबी गरेका थिए। पार्टी संस्थापनइतरका नेताहरु सकभर कांग्रेस सरकारमा जान नहुने पक्षमा छन्। संस्थापनइतरका नेता रामचन्द्र पौडेललाई उनले भने, ‘चिन्ता नलिनुस् रामचन्द्रजी, म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला।’ संस्थापनइतरका नेताहरुलाई ‘कन्भिन्स’ गर्नका लागि पनि देउवाले बिहीबारको बैठक बोलाएको बताइएको छ।

    प्रमुख प्रतिपक्षकै भूमिकामा पार्टी केन्द्रित रहेर महाधिवेशनउन्मुख हुनुपर्ने संस्थापनइतरका नेताहरुको विचार छ। जनमत कांग्रेसका पक्षमा नभएकाले प्रमुख प्रतिपक्षमै रहनुपर्ने तर्क गर्छन्, नेता अर्जुननरसिंह केसी। तीन वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरिरहेकाले उनी पक्षीयलाई सहयोग गर्न नहुनेमा अधिकांश नेता सहमत छन्। केसीले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा निर्माण हुने सरकारलाई कांग्रेसले सहयोग गर्दै बाहिर बस्नु नीति लिनुपर्छ। यो मेरो दृष्टिकोण हो। पार्टीभित्र छलफल गर्दा के निस्कन्छ, हेरौं।’

    प्रधानमन्त्री ओलीको कदमका विरुद्धमा रहेका सबै शक्ति एक स्थानमा हुनुपर्नेमा विपक्षी दलहरु एकमत हुँदै गएका छन्। जनता समाजवादीले पनि देउवालाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेको छ।

    कांग्रेसले नयाँ परिस्थितिका विषयमा छलफल गर्न संसदीय दलको बैठक शुक्रबारलाई बोलाएको छ। बैठकमा २३ गतेदेखि बोलाइएको प्रतिनिधि सभामा पार्टी भूमिकाका बारेमा छलफल हुने कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिइन्। प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव संयुक्त रुपमा दर्ता गर्ने तयारी रहेको समेत उनले बताइन्।

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १६:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij