२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
बैङ्कले प्रकाशित गरेको गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो बर्ष ३६ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको नेशनल लघुवित्त वित्तीय संस्थाले यस बर्ष भने २१ करोड ५१ लाख रुपैयाँ मात्रै नाफा कमाएको हो। यो अघिल्लोको बर्षको सोही अवधिको तुलनामा ४०.३६ प्रतिशत कम हो ।
समीक्षा अवधिमा यस कम्पनीको खुद ब्याज आम्दानी ०.६० प्रतिशतले बढेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ८३ करोड ९२ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा कम्पनीको संचालन नाफा ४०.३४ प्रतिशतले घटेर ३० करोड ७३ लाख ४७ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त नाफा ५१ करोड ५१ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रुपैयाँ, जगेडा कोष बढेर ९६ करोड ३६ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा १६ करोड ७८ लाख रुपैयाँ र खराब कर्जा ३.५३ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij