Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

समृद्धि फाइनान्सको ३ शाखाद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सको ३ शाखाद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न


  • 3.5K
    Shares

    समृद्धि फाइनान्सको ३ शाखाद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न
    images

    काठमाडौं । समृद्धि फाइनान्सले शनिवार संस्थाको जनकपुर, बनेपा र नारायणगढ शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम संस्थाका १३ वटै शाखाहरुबाट सम्पन्न गरिसकेको संस्थाले जनाएको छ ।  

    साथै फाइनान्सले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमको रूपमा बृक्षारोपणको समापन गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पूर्ण १३ वटै शाखाहरूबाट बिभिन्न कार्यक्रमहरू गर्ने तय भएको समेत जानकारी गराएको छ ।

    नेपाल राष्ट्र बैङ्कबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैङ्किङ्ग र मोवाइल बैङ्किङ्ग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १३:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij