Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने


  • 2.5K
    Shares

    माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
    images

    काठमाडौँ । माओवादी केन्द्रीय समिति बैठक लाइभ (प्रत्यक्ष प्रसारण) नगर्ने भएको छ । 

    यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो । 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

    केन्द्रीय समितिको एजेन्डा लगायत विषयमा बैठक जारी रहेको उनले बताए । केन्द्रीय समिति बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ०९:३१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij