Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

ओडिसाको अस्पतालमा आगलागी हुँदा १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

ओडिसाको अस्पतालमा आगलागी हुँदा १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते


  • 673
    Shares

    ओडिसाको अस्पतालमा आगलागी हुँदा १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

    काठमाडौं । भारतको ओडिसास्थित कटकमा रहेको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेज अस्पतालमा आइतबार राति भीषण आगलागी हुँदा १० जना बिरामीले ज्यान गुमाएका छन्। राति करिब ३ बजे अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट सुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

    आगलागीको समयमा उक्त आईसीयू कक्षमा २३ जना बिरामी भर्ना थिए, जसलाई बचाउने क्रममा अस्पतालका कम्तीमा ११ जना कर्मचारीसमेत जलेर घाइते भएका छन्। प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने देखिएको छ। 

    ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले सोमबार बिहानै अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन्। 

     

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १०:३२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij