Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप

सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप


  • 365
    Shares

    • images
    सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप

    काठमाडौं । सशस्त्र प्रहरी बलको प्राविधिकतर्फका दुईजना डीआईजीको म्याद थप गरिएको छ  । आइतबार बसेको मन्त्रिपरिषद्ले डीआईजीद्ववय इन्जिनियर सन्दीप थापा र डा. रूपक महर्जनको म्याद थप गर्ने निर्णय गरेको हो ।

    सशस्त्र प्रहरी नियमावलीका दफा ६५ (ग) अनुसार डीआईजीको पदावधि ४ वर्षको हुन्छ । सो प्रावधान अनुसार डीआईजीद्ववय थापा र महर्जन २०८२ चैत ५ मा अवकाशमा जाँदै थिए । मन्त्रिपरिषद्ले म्याद थप गरेसँगै उनीहरू २०८३ चैत ५ सम्म पदमा रहन्छन् ।

    इन्जिनियर थापा सशस्त्र प्रहरीको मद्धति तथा सेवा निर्देशनालयका प्रमुख हुन् भने डा. महर्जन सशस्त्र प्रहरी अस्पताल प्रमुखको रूपमा कार्यरत छन् ।

     

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १०:११:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij