Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम

नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम


  • 155
    Shares

    • images
    नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन् ।

    नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्माको नाम सूचीमा परेको हो । हमाल यसअघि नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठ नेतामध्येमा गनिन्थे भने विश्वकर्मा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

    यससँगै नेकपाको कूल सांसद संख्यामा नेपाल पक्षको हिस्सा तीन पुगेको छ । नेपाल पक्षका धनबहादुर बूढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित भएका छन् । तर, स्वयं माधवकुमार नेपाल भने निर्वाचित हुन सकेनन् । रौतहट–१ मा उनी चौथो स्थानमा सीमित भएका थिए । नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ । तीमध्ये ५ जना पुरुष र ४ जना महिलाको नाम आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिए ।

    समानुपातिकतर्फ नेकपाले पठाएको सूचीमा बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन् ।

    नेकपाले प्रत्यक्षतर्फ भने ८ सिट जितेको छ ।

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - २०:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij