Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

नवसांसदहरूलाई रास्वपाले गर्दैछ अभिमुखीकरण

नवसांसदहरूलाई रास्वपाले गर्दैछ अभिमुखीकरण


  • 1.3K
    Shares

    नवसांसदहरूलाई रास्वपाले गर्दैछ अभिमुखीकरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार अभिमुखीकरण सञ्चालन गर्ने भएको हो। 

    नयाँ सांसदहरूलाई सांसदहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागेको हो।

    तालिम बिहान १० बजेदेखि आरम्भ हुने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। हालै भएको निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक जनमत प्राप्त गरेको छ। प्रत्यक्षमा १२५ जना सांसद निर्वाचित भएका छन्।

    समानुपातिकबाट ५७ जना सांसद सिफारिस भएका छन्। समानुपातिकबाट सिफारिस भएका सांसदहरूलाई निर्वाचन आयोगले प्रमाणपत्र दिन भने बाँकी छ। 

    प्रत्यक्ष र समानुपातिक गरी रास्वपाबाट १८२ जना सांसद निर्वाचित भएका छन्। पार्टीले उनीहरूका लागि दुई दिवसीय प्रशिक्षण आयोजना गरेको हो।

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - ०८:४२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij