Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

माओवादी केन्द्रीय समिति बैठक तेह्र महिनापछि बस्दै, ७५८ जना सहभागी हुने

माओवादी केन्द्रीय समिति बैठक तेह्र महिनापछि बस्दै, ७५८ जना सहभागी हुने


  • 2.6K
    Shares

    माओवादी केन्द्रीय समिति बैठक तेह्र महिनापछि बस्दै, ७५८ जना सहभागी हुने
    images

    काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ७५८ जना नेताहरु सहभागी हुने भएका छन्। बुधबारदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु हुने केन्द्री समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने भएका हुन्। 

    माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बुधबार बिहान ११ बजे सुरु हुनेछ। ‘बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नु हुनेछ’, उनले नेपालखबरसँग भने, ‘त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।’ केन्द्रीय समिति बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठक केही एजेन्डा तय गरिसकेको छ।

    बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलाई पनि एजेन्डाका रुपमा तय गरेको छ।

    माओवादीको केन्द्रीय समिति बैठक १३ महिनापछि बस्न लागेको हो। यसअघि माओवादीले २०७९ असार १९ गतेदेखि केन्द्रीय समिति बैठक राखेको थियो। २०७८ पुसमा भएको महाधिवेशनपछि पहिलो पटक बसेको त्यस बैठकले महासचिवमा देव गुरुङलाई चयन गरेको थियो। 

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १५:३८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij