Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

माओवादीले पनि अब देखि केन्द्रीय समिति बैठक लाइभ गर्ने

माओवादीले पनि अब देखि केन्द्रीय समिति बैठक लाइभ गर्ने


  • 2.2K
    Shares

    माओवादीले पनि  अब देखि केन्द्रीय समिति बैठक लाइभ  गर्ने
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् ।

    पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको छ । शर्माका अनुसार बैठक पाँच दिनसम्म चलाउने पनि आजको बैठकले निर्णय गरेको छ ।

    यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो । बैठक साउन २ गतेदेखि १० गतेसम्म चलेको थियो ।

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - ०९:४३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij