Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

शेखरलाई वरिष्ठ नेता बनाउन माग

शेखरलाई वरिष्ठ नेता बनाउन माग


  • 2.2K
    Shares

    शेखरलाई वरिष्ठ नेता बनाउन माग

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

    पार्टीका मन्त्रीहरूले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

    मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईँले गिरिजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा। शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’

    यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए । पार्टी केन्द्रीय कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधि दिइएको छैन । काँग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।

    १४ औँ महाधिवेशन अघि देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता थिए ।

    प्रकाशित मिति :श्रावण ७ २०८० आइतवार - १५:१७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij