Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

सिभिल लघुवित्तको नाम परिवर्तन, अब हिमालयन लघुवित्तबाट कारोबार सुरु हुने 

सिभिल लघुवित्तको नाम परिवर्तन, अब हिमालयन लघुवित्तबाट कारोबार सुरु हुने 


  • 2.1K
    Shares

    सिभिल लघुवित्तको नाम परिवर्तन, अब हिमालयन लघुवित्तबाट कारोबार सुरु हुने 

    काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीले सूचना जारी गर्दै नाम परिवर्तन भएको जानकारी दिएको हो ।

    सूचनाअनुसार अब कम्पनीको नाम हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरिएको छ । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको राष्ट्रिय स्तरको यस कम्पनीको नाम परिवर्तनसम्बन्धी प्रस्ताव २०७९ फागुन २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।

    कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीको नाम परिवर्तनका लागि २०८० असार २१ गते स्वीकृति प्राप्त भएको कम्पनीले जानकारी गराएको छ । 

    साविक कम्पनीको नाममा रहेको सम्पूर्ण चल–अचल सम्पत्ति तथा तिर्नु र व्यहोर्नुपर्ने कर, दायित्व आदि समेत परिवर्तित नामको कम्पनीले सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको हो । 

    company name change.webp

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १३:००:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij