२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौँ। शुक्रबार अर्थात् फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालिमा’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशभरका चलचित्र घर (हल) ले बिहीबारदेखि बुकिङ खुला गरेका हुन् ।
यस चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी सो (शो) पाएको छ । निर्वाचनपछि प्रदर्शनमा आउन लागेको यो पहिलो नेपाली चलचित्र हो ।
यौनकर्मीको वास्तविक समस्या, पीडा र मानसिकताको कथा समेटिएको यस चलचित्रमा अभिनेत्री रोश्नी कार्की शीर्ष भूमिकामा छन् । साथै अभिनेता जीवन भट्टराई, अभिनेत्री उषा रजक र कलाकार शिशिर वाङ्देलको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेल लगायतका कलाकारको समेत अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रकी कार्यकारी निर्माता रीना लामा छन् । नेसनल सिने ग्रुप नेपालले चलचित्र वितरणको जिम्मेवारी लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij